Sunday, May 6, 2018

LOVE STORY

" समुन्द्री किनारमा संगै फोटो खिच्ने रहर !! 

पर्सीकाे फ्लाईट थ्याे ।। दाईलाई फाेन गरेर sydney airport मा लिन अाउनु पनि भनिसक्याथें ।
एक दुईटा राम्रा पाईन्ट किन्नु पर्याे भनेर काठ्माण्डाैं महलकाे  देब्रे पट्टिकाे सिडि उक्लदै थिए। दाईने पट्टिबाट एक हातमा झाेला अनि एक हात एउटा केटाकाे हात बाधेर तल झर्दै गरेकाे देखें । पहिलाे पटक हेर्दा त पत्यार लागेन, नदेखे झै गरेर फेरी हेरे ।
हाे.. त्यही हाे..।
फेरी माथि गएर तल हेरें, कपाल त्यही, लुगा त्यही...
टाउकाे भनन्न घुम्याे । के गरुं, के गरुं भाे।
एकछिन त्याे कफि खाने ठाउंमा अाएर बसे । एक्कासी कल गर्ने दिमाग अायाे । हात कामी रहेका थिए.. मुटु ढुकढुक भै रहेकाे थियाे ।
४ घण्टीमा बल्ल फाेन उठ्याे ।



का छाै ??
म घरमा । तिमी कता ?
ए म पनि घरमै हाे । के गरिराछाै ??
यत्तिकै युटुवमा भिडियाे हेरेर बसिराछु । अनि तिम्राे तयारी पुरा भाे ?

मैले फाेन काटें । अांखाबाट अांसु मात्र झार्न सकिन । सिधै घर गए ।

(भाई एउटा चुराेट देउ त !! )

बेलुका ४ बजेकाे थियाे । खाटमा पल्टेर साेचिरहेकाे थिए..
अाखिर म किन जादैछु विदेश ? त्यसकै लागी हाेईन र ? १ बर्षमा उसलाई नि बाेलाउने प्लान बनाकाे.. अब के हाेला ?? टेनसन भयो।

कहिले अनलाईन अाउछे भनेर भाईबर र मेसेन्जर check गरिरहेकाे थिए । बेल्का ८ बजे मात्र अनलाईन अाई ।
के लेख्ने के.. एक छिन त अकमक्क भए ।।

दिउसाे तिमी संग काे थ्याे ?
कुन दिउसाे ? कहां ?
मलाई बाहाना नबनाउ है !! मलाई सांचाे कुरा गर ।
(म्यासेज अाएन... अझै अाएन)

५ मिनेट पछि..

उ सिमिर हाे । we are in relation now. मैले तिमीलाई भन्नै अाटेकाे थिए , टाईम नमिलिरहेकाे थियाे । अाज तिमीले देखेछाै । सायद हामी २ महिनामा विहे गर्छाैं हाेला। जे जति भयाे अव विर्सिदेउ । मलाई थाहा छ तिमीले मलाई धेरै माया गर्छाै । तर सबैकुरा साेचे जस्ताे हुदैन रहेछ। खाेई कसरी कसरी हामी विच माया बसेछ । मलाई माफ गर...

अांखाभरी अांसु भरिए ।। के भन्ने भन्ने भाे.. यता यस्काे टेनसन ..उता पर्सीकाे टेनसन ।। रिस उठ्याे...

अनि पहिलै किन भनिनस् त तैले ?? मैले नदेखेकाे भए के गर्थिस् ?? मेराे जिन्दगी त डुबाउने रेछेस् तैले ??
ohh.. hello !! Behave yourself !!
के काे Behave !! मेराे answer दे छिटाे..
मैले भने त.. I am sorry..
सरि भनेर सुख पाउछेस्.. तेरै लागी म विदेश जांदै थें ।। अस्ती सम्म संगै बस्ने कुरा गर्थिस..अाज अाएर यस्ताे भन्न लाज छैन ??
हेर मैले जति भन्नु भनि सके । मलाई विर्सिदेउ.. अाफ्नाे जीन्दगी बनाउ ।। Good Luck !!

त्यसपछि अाज सम्म रिप्लाई गर्या छैन ।
भुईचालाेमा luckily म मात्र बांचे....साला.. घर पनि ढल्याे । २ बर्ष दुख सुख त्यही संग साटे , चाड पर्ब त्यही संग मनाय। मेराे काे थ्याे र यार त्याे बाहेक ??
त्यही दिन देखी चुराेट खान थालेकाे.. छाेड्छु भन्छु..छाेड्न सक्या छैन । अाज यी.. कति दिन पछि तान्दै छु..
त्यसले नै छाेडे पछि.. विदेश के का लागी जानु..
गैएन.. पैसा अादि फस्याे । मेराे समय बर्वाद भाे..
त्याे भन्दा पनि त्याे स्थितिबाट मलाई उठ्नै ६ महिना लाग्याे..
एक्लाे... केबल एक्लाे भएर धेरै सङ्घर्ष गरियाे यार.. १ बर्ष भरि त बेला बेलामा पिलपिल अांसु झर्थे यार..

(यति भनि सक्दा मेरा अांखा पनि रसाए । )

हेर साथि, माया गर्नु तर अफ्नाे अात्मा नबेच्नु । अाफु भन्दा बढि माया अरु कसैलाई नगर्नु । जब सम्म त्याे माया छ, एउटा लिमीटमा हुनु पर्ने रैछ.. हैन भने ज्ञिन्दगी भरि पछुताउनु पर्छ । केटिहरु यस्तै हुन्छन्... पैसा,धन,सम्पति देखेसी दाैडिहाल्छन् ।
(मैले जिज्ञासा सहित प्रश्न गरे..
अनि अहिले म्यासेज गर्दिन त्यसले ?? )

हाहा.. खाेई अस्ती " Hi !! " भनेर पठाकी थि क्यारे..
भुत्राे नि रिप्लाई गर्दिन ।।
मेरो कथा यही हो यार ,अनि तेराे सुना न !!
....
...
...
(दाई हाम्राे विल ल्याईदिनुस् त ...) 

No comments:

Post a Comment