Showing posts with label poems. Show all posts
Showing posts with label poems. Show all posts

Monday, August 22, 2016

भाडाकुडि कुड़ी खेल !!!

-Bishwas Thapa

धेरै खेल खेलियो
धेरै रेल चडियो
तर त्यो बच्चामा खेल
र चढेको रेलमा जस्तो आनन्द केहीमा आएन !!!!
एक दुइ रुपैयाको नोट पनि नभएको  बेला
हामी गेरुलाको पाच सय हजारका नोट गन्थयौ
अनि पसलमा गए जसरि किन्थौ माटाका भाडाहरु
अनि वुन्थयौ माटोमा नै  नया सपना
माटो कै एक धर्को सिन्धुर लगाएर
खिच्थे हाम्रा फोटाहरु कागज कै क्यामरा बाट
तिमीले पकाए जसरि पाक्थे माटाको खानाहरु
अनि तिम्रै हातले खुहाये जसरि खुयौथेयौ
अनि म खाए जसरि खान्थे !!!
हाम्रा बच्चाहरु हुन्थे
बा !!! आज चोकोलेट ल्याइदिनु  ल ..
भन्दा गेरुला नोट लिएर लक्टो चोकोलेटमा ढुंगा हालेर लाहुथेय !!!
कागजको ढुंगा मा सयेर गर्थौ
हामी एउटा नया जीवन पार गर्दै
तिम्ले पानी छाप्थौ
तर ...............
आजकाल  त्यो पानी ले मलाई हरेक रात मा बिउजाउछ
त्यो काल्पनिक खेलबाट !!!!

Thursday, May 26, 2016

बिछोड को अर्थ आंसु होइन...

बिछोड को अर्थ आंसु होइन
मिलनको सक्ति हासो भएन


मर्म मर्ममा चोट दिएउ
तिमीलाई सम्जि बस्दा पनि
भित्रि मनमा ऒत लिएउ
बिर्सु सदा भन्दा पनि
तिमीलाई सम्जि रुन सक्दिन
तिमीलाई बिर्सी हास्न सक्दिन

बिछोड को अर्थ आंसु होइन
मिलनको सक्ति हासो भएन

सपनाको ठुलो संसार देखेउ
हाम्रो संसार भुली भुली
भौतिक सुखमा रम्दै गएउ
जीवनको  एउटै लक्ष्य मानी
तिमीलाई सम्जि रुन सक्दिन
त्यो लक्ष्य प्राप्ति मा हास्न सक्दिन

बिछोड को अर्थ आंसु होइन
मिलनको सक्ति हासो भएन



Wednesday, May 4, 2016

कविता यस्ताे हाेस् : कविता विवाद

गणेश पाण्डे भन्छन........................

मलाई दाेअर्थीय कविता मन पर्दैनन्
देशलाई मरभुमीसंग अनि
मन्छेलाई जनावरसंग दांजेकाे मन पर्दैन
मनमा उब्जीएका अनियन्त्रीत भावना
अरुलाई बुजाउन खाेजेकाे मन पर्दैन
आफु हराएर अरुलाई भेटाउन खाेजेकाे मन पर्दैन
गते साल र दिनलाई बिर्सीएर
समयलाई अर्थय्याउन खाेजेकाे मन पर्दैन
सरल ति अनगिन्ती विषयहरुलाई
वेङ्ग्यात्मक परिभाषाले सजाएकाे मन पर्दैन



कविता त यस्ताे हाेस्
जसमा देशलाई
देशकै पिर, चिन्ता, दु:ख ,सुख
अनि यथार्थ चित्रसंग दाजियाेस्
मान्छेलाई उसकाे काम
अनि उसकाे चरित्रले प्रस्ट्याईयाेस्
जुन भावनाहरु मन मस्तकले महसुस गर्न सक्छन
त्यी कुराहरुकाे सुक्ष्म देखी सारसम्म बुझाईयाेस्
कविता त यस्ताे हाेस्
जसमा
पाठका समस्यालाई उजागर गर्दै
समस्याका हलहरु प्रस्ट झल्किएकाेहाेस्
समयकाे बख्यान हाईन
यस्काे महत्वलाई बुझाईएकाे हाेस्
वेङ्ग्य र अफ्ट्यारा शब्दहरु राखेर
वाहाई वाहाई हाेईन
सरलता, मधुरता र साेव्छताकाे
एक सयपत्री माला जस्ताे हाेस्
कविता त यस्ताे हाेस् !!!

REPLY मा

अमित अधिकारी भन्छन............................... 


कुराहरु यथार्थ हुन्छन 
भावनाहरु झन् यथार्थ हुन्छन 
कुराहरु बग्ने गर्छ 
भावनाहरु  ऊड़ने गर्छ 
ति कुरा भावनामा रुपान्तरित हुदा 
अनेक चिज संग दाजीन पुग्छ 
कैले गगन चुम्बी आकस संग त कैले मरभुमी संग 
ति मनका भवनहरु एकिकृति भएर 
सधै एकनास ले पोख्न मिल्दैन
अनि अनेक चिज मा परिणत हुन्छ 
ति कहिले कन्चन नदि संग
 त कैले खडेरीको भेल संग 
कविता लेख्दा सब्दमा ध्यान नजाओस 
र यथार्थ हुनु पर्छ  भनेर मन नाबादियोस 
नत्र स्वोस्पुरत रुपमा तिम्रो ईच्या र चाहना 
अचेयर बन्न नसक्लान 
सत्य सत्य नै हो तिमि ले बुज्न सक्नु पर्छ 
अर्थ अनेक होलान तर चाहना एकै होलान 
तिम्ले आफ्नो  इक्ष्या
सत्यता संग दाज्न नखोज 
इक्ष्या  अनन्त हुन्छ 
चाए त्यो साकार नहोस 
हो कविताले बास्तबिकता पनि बोक्नु पर्छ 
देशको आवस्था पनि उजागर गर्नु पर्छ
मानिसको रुहाई पनि समाहित हुनु पर्छ 
सब चिज हुनु पर्छ 
कविताको कुनै बन्धन हुदैन 
चाए तिमि आत्मा मा लेख या बस्तुमा लेख 
चाए गगनलाई  लेख चाए धर्तिलाई लेख !!!




Monday, May 2, 2016

Will the earthly greatness vanish ?


The wide sanctuary of deluge flora and fauna
Will it be enclave of the then posterity?


Great Obama's damn against of fierce Ayman
Will they be low allege of mere countryman ?


The dejecting Sahara, playground of camel
Will it be hub of icicle and mortal ?


The clout of little Boy's in antiquated Nippon
Will they be tender handful stone ?


The bale of umpteen creation and discovery
Will they vanish only if by combat and disagree ?

Tuesday, April 12, 2016

हो म पागल हुं

भोक तिर्खासगं मित वोलि
जिन्दगीको मिठो कविता लेख्दा
फोहोरी र आडम्बर भनि 
मलाई सधा नाङ्गो पार्छौ
तिम्रा ती ब्यवहारले
मन मेरो पल्सिएनी
मानवताको मिठो गित गाइ
बेसाहारा जिवनको सृगणेश गर्दा
पागल परिचय बन्छ भने
हो म पागल हुं!!

मित्रताको ओडार फोडी
प्रमको रस्सी गांसु भन्दा
अन्दकारमै सिमीत बनाई
स्वन देख्न बन्देज गर्छौ
तिम्रा ती स्पर्शी शब्दहरुले
मर्माहीत पारे पनि
तिम्रो संसार आफ्नै ठानी
पलपल बाच्छु भन्दा
पागलप्रेमी भन्छौ भने
हो म पागल हुं!!

हांसो र मजाकले जिन्दगी सजाइ
बर्तमानको पलपल बाचौं भन्दा
कपोकल्पित धारण सृजित गरि
मेरा प्रयास विफल पार्छौ
तिम्रा ती ब्यवहारले 
मर्माहीत पारे पनि
क्षणीक नभइ भविष्य सोची
सफलताको साहित्य रचौं भन्दा
अपवाद भन्छौ भने
हो म पागल हुं!!

प्रकृति र देशप्रमको गित गाइ
एकताको माला गांसु भन्दा
कठोर मनको प्राणी बनी
तुच्छ वचनले स्वागत गर्छौ
तिम्रा ती ब्यवहारले
मर्माहीत पारे पनि
प्रेम र हर्ष सर्वपरी मानि
सफलताको बाटो रच्न खोज्दा
पागल परिचय बन्छ भने
हो म पागल हुं!!

Project GPPS, Gas and Petroleum Pipeline System in Nepal



Friday, March 25, 2016

मेरो देश र बर्तमान


सिमानाका रेखाहरु मेटियेकै  छन्
बिदुवाका आशु पनि झरिरहेछन
कसले दिन्छ गरिबलाई जीवन जिउने साथ
शान्ति आउने आश गर्दै खटछन् दिन रात!!

जात अनि धर्म आज भड्किएकैछ
हिमाल पहाड तराई पनि टुक्रीरहेछ
कसरी  उठाउन सकिन्छ यो देशलाई माथी
कोही छैन यहाँ आज देश हाक्ने सारथी !!


धनिहरु सुखको आकाशमा ऊडदै छन्
गरिबहरु दुखको सागरमा डुबदैछन्
कसले सुन्छ आज ति गरिबको बोली
किन हान्नु अपाङ्गलाई बचनको गोलि!!



सेवा गर्छु भन्ने हरु भ्रस्टाचार गर्दै छन्
आफ्नै दाइजो सम्जि चिल्ला कार चढदैछन्
नारी आस्मिता र लक्ष्य लुटिएकै छ
महंगी र अभावले देश पिल्सिएकै छ !

आतितको पिडा आब सबले भुल्नु पर्छ
ऊन्नतीको निम्ति जनता आघि बढ्नु पर्छ
देशको स्वाभिमान लाई शिरमा राख्नु पर्छ
विर सहिदको योगदान को कदर गर्नु पर्छ !!


नेपाल आम धुरु धुरु रोहिरहेकी छिन्
राष्ट्र हाक्ने विर योध्हा खोजिरहेकि छिन्
अब उठौ हामी सबै नया नेपाल बनाऔ
हाम्रो आफ्नो कर्तब्य लाई सबै मिलि निभाऔ !!!




Note: I don't own the images. Any complaint are welcomed and will be deleted if it suited misused.

Friday, July 31, 2015

THE FRIDAY

The Friday
How fast the week past?
How fast the Friday come?
That Friday which knocks the door
and wakes me up
Teaches me all morning and noon
To stand and to walk
And makes me run at night
with feelings and love
THE Friday
Ooh its FRIDAY!!!


Mornings are special
with beams of sun rays
nights are way special
with your twinkling face
the work, study and friends
the sorrow, burden and the pains
All I wait is you
your whisper and a silent 'Hi'
A smile and a reply
thinking the day is the last day
we carry on, carry on and on
And an uninformed sleep...

wakes me up by Friday rays
How fast the week past ?
How fast the Friday comes?
The Friday
Ooh its Friday!!!

Thursday, June 11, 2015

म रोएको दिन



गीतको सुमधुर लयमा डुबेको थिए
बाहिरी कोलाहाल समाज बिर्सेको थिए
एकछिन परिवारको माया मारेको थिए
केबल तिम्रै लागी केबल तिम्रै कल्पनामा
म रोएको दिन!!



मनका कुन्ठीत भावहरु
आंशुका मोती बनी झरेका थिए
अन्नायासमै किन किन
सारा अङ्ग कापेका थिए
आफु आफैमा हराएको थिए
केबल तिम्रै आसमा
केबल तिम्रै कल्पनामा
म रोएको दिन!!


आसुं पुछ्न रुमाल थिएन
पुछुं भन्दा हात चलेनन्
अभिरल अनबरत झरिरहे
मनले केही गर्न सकेन
मस्तकले केही सोच्न सकेन
प्रशन गर्ने कोहि भेटिन!!


सारा संसार बिरानो लाग्यो
जिवन देखि धिक्कार लाग्यो
साच्चै एउटा कथा बन्यो
तिम्रै सपनाको आंगनमा
केबल तिम्रै कल्पनामा
म रोएको दिन!!

Sunday, June 7, 2015

अधुरो जुन




एकान्तमा एक्लै रम्ने परी हौ तिमी
अन्धकार रात्रीमा चम्कने तारा हौ तिमी
गहिरो निदकी सुनौलो सपना हौ तिमी
जीवन र जगतकी अधुरो जुन हौ तिमी!!!
...............