भोक तिर्खासगं
मित वोलि
जिन्दगीको मिठो
कविता लेख्दा
फोहोरी र आडम्बर भनि
मलाई
सधा नाङ्गो
पार्छौ
तिम्रा ती ब्यवहारले
मन मेरो
पल्सिएनी
मानवताको मिठो
गित गाइ
बेसाहारा जिवनको
सृगणेश गर्दा
पागल परिचय
बन्छ भने
हो म पागल
हुं!!
मित्रताको ओडार
फोडी
प्रमको रस्सी
गांसु भन्दा
अन्दकारमै सिमीत
बनाई
स्वन देख्न
बन्देज गर्छौ
तिम्रा ती स्पर्शी शब्दहरुले
मर्माहीत पारे
पनि
तिम्रो संसार
आफ्नै ठानी
पलपल बाच्छु
भन्दा
पागलप्रेमी भन्छौ
भने
हो म पागल
हुं!!
हांसो र मजाकले जिन्दगी सजाइ
बर्तमानको पलपल
बाचौं भन्दा
कपोकल्पित धारण
सृजित गरि
मेरा प्रयास
विफल पार्छौ
तिम्रा ती ब्यवहारले
मर्माहीत पारे पनि
मर्माहीत पारे पनि
क्षणीक नभइ
भविष्य सोची
सफलताको साहित्य
रचौं भन्दा
अपवाद भन्छौ
भने
हो म पागल
हुं!!
प्रकृति र देशप्रमको गित गाइ
एकताको माला
गांसु भन्दा
कठोर मनको
प्राणी बनी
तुच्छ वचनले
स्वागत गर्छौ
तिम्रा ती ब्यवहारले
मर्माहीत पारे
पनि
प्रेम र हर्ष
सर्वपरी मानि
सफलताको बाटो
रच्न खोज्दा
पागल परिचय
बन्छ भने
हो म पागल
हुं!!
No comments:
Post a Comment