Tuesday, April 12, 2016

२०७३ सालको मेरा ५ प्रतिबद्धता ( My five PROMISES for year 2073)

जीवन जगत र भविष्य !!!
नमस्कार, म गणेश पाण्डे, ईन्जीनियरिङकाे विघार्थी ।
आज नयां बर्ष, नव दिन, भूतलाई बिर्षेर भविष्यकाे सुरुवात गर्ने दिन ।
हिजाे आज र भाेलीमा खासै अविछिन्न भिन्नता त हुनेछैनन् तर आजकाे याे पल भाेलीका ति भविष्यहरुमा सम्झना गर्न चाहान्छु ।
याे सुभ दिनमा म मेरा सम्पुर्ण साथी, सहयात्री मेरा नाता गाेता र परिवार सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यत्त गर्न चाहान्छु ।
यो पल सम्म आइपुग्दा जीवनको ३ भाग मध्ये १ भाग बितिसकेको छ।  अब केहि गर्ने गराउने , सुन्ने सुनाउने र जीवनलाई सचैनै परिभाषित गर्ने समय आएको छ।
र म अब यस बर्षका मेरा उदेश्यहरु बुदागत रुपमा भन्न चाहान्छु :

१) Gas and Petroleum Pipeline System, Nepal
याे अनाैठाे, अविस्वसनीय र महत्वकाङ्छी project काे अध्ययनमा लागेकाे छु । २०७३ सालकाे अन्त्य सम्ममा १ रीपाेट बनाई यसकाे समापन गर्दै पहल कदमी थाल्ने छु । यसै सिलसिलामा मा थुप्रै ठाउँहरु भ्रमण गर्ने योजना बनाएको छु।




२) मेराे अाफ्नै पार्टी देश बिकास पार्टी र संस्था YUPD का याेजनाहरु अली पछि ढकेल्दै याे साल बिवेकशील नेपाली दलमा अाफ्नाे समय खर्चनेछु। धेरै कुराहरु सिक्नेछु र अाफ्ना कुराहरु पनि राख्नेछु ।





३) सदा झै blog र youtube लाई अझ निखार्रीयर चलाउनेछु। याे साल १०० भन्दा बढि video बनाउने याेजना बनाएकाे छु।


४) साहित्य र रचना मेराे जीवनकाे अभिछिन्न पाटा हुन् । त्यसैले सानातिना रचनाहरु संगै एउटा उपन्यास लेख्ने पनि अठाेट गरेकाे छु ।

५ ) अन्तमा www.weworkforfree.com , जुन मैले केही दिन अघी share गरेकाे थिए, त्यसकाे अाधारभूत कुराहरु साथै design र registration का कामहरुकाे सुरुवात गर्नेछु ।



मैले मेरा प्रतिबद्दता सुनाउनुको एउतै ऊदेश्य छ।  त्यो तपाईहरुले मलाई गर्ने प्रश्न नै हो र मलाई प्रधान गर्ने ऊर्जा नै हो। म एस बिचमा सुस्ताउन सक्छु, त्येसैले मा आनुरोध गर्छु मलाई समय समयमा प्रश्न गर्नोस , बेङ्ग्य नै सहि मा हरेक प्रश्नको स्वागत गर्ने छु।  र फेरी पुनरऊर्जित हुनेछु र मेरा प्रतिबद्ता पुरा गर्ने छु।

आन्तमा फल्नुस फुलौनुस ,हास्नुस हसाऊनुहोस , गर्नोस गराउनुहोस , जीवन छोटो छ ,यो त् खोलाको पानी जस्तै हो बगिरहनछ , समय बितेको पत्तो पाईदैन।  भूतलाई बिर्सेर बर्तमानमा गर्नुहोस , भविष्य सोच्नोस।

शुभकमाना , शुभदिन , शुभपल !!!!!!

No comments:

Post a Comment