Tuesday, June 4, 2019

मेराे प्याराे भैसी



" मेराे प्याराे भैसी "
दिनकाे दशै लिटर बेचेपनि ९ महिना बेच्दा शालाखाला रिण तिरेर नि ५० वटा हजार त जाेगीन्छ भनेर १ लाख विस हजारमा लैनाे भैषि ल्याए । भर्खर व्याएकाे भैषी पहिलाे पटक घरमा ल्याउंदाकाे खुसी खाेई कसरी म वख्यान गरुं । यता त्यही वर्ष छाेराेले यही सरकारी स्कुलबाट फस्ट डिभिजनमा पास गर्दाकाे खुसी बेग्लै थियाे । छाेराेले, बा, म काठ्माण्डाैं गएर साईन पढ्छु भन्या भएर नाई भन्न सकिन । धेर थाेर खेती पनि छदै थियाे , भैषीकाे दुध बेचेर पनि राम्राे अाम्दानी भएकै थियाे । छाराेलाई काठ्माण्डाै पठाईदिए ।
एक बर्ष त राम्रै भाे । छाराेले ११ कक्षा राम्रैसंग पास गरेछ । भैषी छ महिना थाराे बस्दा छाेरालाई काठ्माण्डाैंमा पैसा पठाउन गरै भाे । अलि अलि जम्मा भएकाे पैसा पनि लगभग सकियाे । ठिकैछ नि त, अब भैषि व्याई हाल्छ भनेर दिन कुर्दै थिए । 
यस्तै विहान विहान झिसमिस थियाे । भैषि ठूलाे स्वरले करायाे । तल वर्लेर हेर्दा बच्चाे अड्किरहेकाे रहेछ । मैले हतार हतार गएर समातेर तान्दा बच्चाे भुईमा डंरंग खस्याे । बच्चाे के खसेकाे थियाे भैषि पनि भुईमा बजारियाे । ए लाैन के भयाे यस्ताे भनेर भैषिकाे टाउकाे समातेकाे.. अांखाबाट अांसु तरर झारेर भैसीले अांखा बन्द गर्याे । ए मेराे बाबा के भयाे तिम्लाई भनेर उठाउन खाेजे तर भैषी उठेन । यता बच्चाे त पहिलै निस्कदै मरिसकेकाे रहेछ । अलिक पछि.. उ त्याे, घरकाे कान्छा काजी अायाे.. साईला दाई भैषी त गएछ ।
अांखा भरि रसाएका अांसु थाम्दै.. हाेर कान्छा, लाै खाेई के अाई लाग्या यस्ताे ..भने । 
अनि, बुढा अलि चांडै हेर्नु पर्दैन त ?
खाेई के भनाै कान्छा, म अभागीलाई.. अाजै बढि सुत्नु पर्या मलाई ।।