Tuesday, June 4, 2019

मेराे प्याराे भैसी



" मेराे प्याराे भैसी "
दिनकाे दशै लिटर बेचेपनि ९ महिना बेच्दा शालाखाला रिण तिरेर नि ५० वटा हजार त जाेगीन्छ भनेर १ लाख विस हजारमा लैनाे भैषि ल्याए । भर्खर व्याएकाे भैषी पहिलाे पटक घरमा ल्याउंदाकाे खुसी खाेई कसरी म वख्यान गरुं । यता त्यही वर्ष छाेराेले यही सरकारी स्कुलबाट फस्ट डिभिजनमा पास गर्दाकाे खुसी बेग्लै थियाे । छाेराेले, बा, म काठ्माण्डाैं गएर साईन पढ्छु भन्या भएर नाई भन्न सकिन । धेर थाेर खेती पनि छदै थियाे , भैषीकाे दुध बेचेर पनि राम्राे अाम्दानी भएकै थियाे । छाराेलाई काठ्माण्डाै पठाईदिए ।
एक बर्ष त राम्रै भाे । छाराेले ११ कक्षा राम्रैसंग पास गरेछ । भैषी छ महिना थाराे बस्दा छाेरालाई काठ्माण्डाैंमा पैसा पठाउन गरै भाे । अलि अलि जम्मा भएकाे पैसा पनि लगभग सकियाे । ठिकैछ नि त, अब भैषि व्याई हाल्छ भनेर दिन कुर्दै थिए । 
यस्तै विहान विहान झिसमिस थियाे । भैषि ठूलाे स्वरले करायाे । तल वर्लेर हेर्दा बच्चाे अड्किरहेकाे रहेछ । मैले हतार हतार गएर समातेर तान्दा बच्चाे भुईमा डंरंग खस्याे । बच्चाे के खसेकाे थियाे भैषि पनि भुईमा बजारियाे । ए लाैन के भयाे यस्ताे भनेर भैषिकाे टाउकाे समातेकाे.. अांखाबाट अांसु तरर झारेर भैसीले अांखा बन्द गर्याे । ए मेराे बाबा के भयाे तिम्लाई भनेर उठाउन खाेजे तर भैषी उठेन । यता बच्चाे त पहिलै निस्कदै मरिसकेकाे रहेछ । अलिक पछि.. उ त्याे, घरकाे कान्छा काजी अायाे.. साईला दाई भैषी त गएछ ।
अांखा भरि रसाएका अांसु थाम्दै.. हाेर कान्छा, लाै खाेई के अाई लाग्या यस्ताे ..भने । 
अनि, बुढा अलि चांडै हेर्नु पर्दैन त ?
खाेई के भनाै कान्छा, म अभागीलाई.. अाजै बढि सुत्नु पर्या मलाई ।। 
.....
छाराे भाेली पल्ट घर अायाे । 
भैसी गयाे बाबु । खाेई अब तलाई कसरी पढाउं ? मन थाम्न नसकि अाखां रसाए । 
(छाेराे त मुसुक्क मुस्कुराउछ) नअात्तिनु बा ।। मैले हाम्राे भैषीकाे विमा गरेकाे छु । भाेली सदरमुकामबाट मान्छे अाउंछन । केके भाकाे सबै भन्नु । 
त्यसबाट के हाेला र ?
पैसा अाउंछ बा । पुरै त अाउंदैन तर ७०-८० हजार त अाउला । 
मलिन ति अनुहार फेरी हर्षमा फेरिए । (खुसी र अातिएसरि) अनि तैले यतिका पैसा कसरि ल्याईस बाबु ?
धेरै पर्दैन बा । तपाईले पठाएकाे धेर थाेर पैषा बचाएर त्यसमा हाल्देकाे थिए । भर्खरै कुरा गरेकाे .. पैषा अाउंछ भनेका छन्।। 
त्यती भएत .. म संग अलि अलि छदै छ.. अर्काे भैसी ल्याउनु हुन्थ्याे बाबु..
हुन्छ बुवा.. नअात्तिनु ।
यही हाे बाबु.. यी अहिले तिन्टि छन् । अहिले अान्नद छ । 
म: अनि .. तपाईकाे छाेरा कता छन् त.. अहिले ?
छाेराे काठ्माडाै मै छ ।। तपाई .. यअी स्कुल काे ईन्जीनियर भन्या हाेईन ? मेराे छाेराे नि ईन्जीजियर पढ्दै छ । उंई काठ्माण्डाै मै छ। 
म: ए हाेर ।
हाे त ।। अस्ति भर्खर अाएर गयाे । यति लामाे दरी छ..तपाई का त छाेटा रेछन् ।। खाेई यी ईन्जीनियर पढ्नेलाई के दारी पाल्न मन लाग्या हाे... अझ उस्काे त ग्याङ पाे छ भन्थ्याे..दारी ग्याङ कि खाेई के जाती पाे हाे..म त्यती जान्दिन बाबु..
म: मुसुक्क मुस्कुराए...
(Thanks for reading !! I will keep writing and connecting true stories ) 

No comments:

Post a Comment