Monday, August 22, 2016

भाडाकुडि कुड़ी खेल !!!

-Bishwas Thapa

धेरै खेल खेलियो
धेरै रेल चडियो
तर त्यो बच्चामा खेल
र चढेको रेलमा जस्तो आनन्द केहीमा आएन !!!!
एक दुइ रुपैयाको नोट पनि नभएको  बेला
हामी गेरुलाको पाच सय हजारका नोट गन्थयौ
अनि पसलमा गए जसरि किन्थौ माटाका भाडाहरु
अनि वुन्थयौ माटोमा नै  नया सपना
माटो कै एक धर्को सिन्धुर लगाएर
खिच्थे हाम्रा फोटाहरु कागज कै क्यामरा बाट
तिमीले पकाए जसरि पाक्थे माटाको खानाहरु
अनि तिम्रै हातले खुहाये जसरि खुयौथेयौ
अनि म खाए जसरि खान्थे !!!
हाम्रा बच्चाहरु हुन्थे
बा !!! आज चोकोलेट ल्याइदिनु  ल ..
भन्दा गेरुला नोट लिएर लक्टो चोकोलेटमा ढुंगा हालेर लाहुथेय !!!
कागजको ढुंगा मा सयेर गर्थौ
हामी एउटा नया जीवन पार गर्दै
तिम्ले पानी छाप्थौ
तर ...............
आजकाल  त्यो पानी ले मलाई हरेक रात मा बिउजाउछ
त्यो काल्पनिक खेलबाट !!!!

No comments:

Post a Comment