Thursday, June 11, 2015

म रोएको दिन



गीतको सुमधुर लयमा डुबेको थिए
बाहिरी कोलाहाल समाज बिर्सेको थिए
एकछिन परिवारको माया मारेको थिए
केबल तिम्रै लागी केबल तिम्रै कल्पनामा
रोएको दिन!!



मनका कुन्ठीत भावहरु
आंशुका मोती बनी झरेका थिए
अन्नायासमै किन किन
सारा अङ्ग कापेका थिए
आफु आफैमा हराएको थिए
केबल तिम्रै आसमा
केबल तिम्रै कल्पनामा
रोएको दिन!!


आसुं पुछ्न रुमाल थिएन
पुछुं भन्दा हात चलेनन्
अभिरल अनबरत झरिरहे
मनले केही गर्न सकेन
मस्तकले केही सोच्न सकेन
प्रशन गर्ने कोहि भेटिन!!


सारा संसार बिरानो लाग्यो
जिवन देखि धिक्कार लाग्यो
साच्चै एउटा कथा बन्यो
तिम्रै सपनाको आंगनमा
केबल तिम्रै कल्पनामा
 रोएको दिन!!

3 comments: