Wednesday, May 2, 2018

HOW TO EARN MONEY ONLINE FROM NEPAL ??

अाउनुस म तपाईलाई अाज online बाट नेपालमा कसरी पैसा कमाउन सकिन्छ भन्ने कुराहरु गर्छु ।।

पहिलाे कुरा जुन सुकै काम गरेर पनि पैसा कमाउन गाह्रो नै हुन्छ ।  तपाईहरुले देख्नुभाकाे हाेला ..दिनकाे 100$, 500$.. यस्तै यस्तै !! यी सबै सुरुवाती समयमा झुटा हुन् र यदि त्यही पैसा देखेर online कमाउने साेच्नु भाे भने कहिल्यै सफल बन्न सक्नुहुने छैन ।।

सुरु गराैं पैसा कमाउने विधि

१) Website and Blogging

अाफ्नाे वेवसाईटबाट मनग्य कमाउन सकिन्छ । अझ नेपालमा सबैभन्दा बढि न्युज साईट चल्छन् । नेपालका टप दस साईट मध्य ९ वटा न्युज साईट छन्। तर न्युज साईट खाेल्नु चानचुने कुरा भने हाेईन.. सांचै गर्नेहाे भने, तपाई संग कम्सेकम 3-5 जना चाहिन्छ । एक्लै गर्छु भन्नु हुन्छ भने तपाईले १-२ महिना तानतुन गरेर न्युज हाल्नु हुन्छ, तर त्याे दिगाे हुदैन ।। तर एउटा अफिस सेटअप गरेर ३-५ जनाकाे टिम बनाएर काम सुरु गर्नु भाे भने एक बर्षमा २०-३० लाख मजाले कमाउन सक्नुहुन्छ । र जति राम्राे ranking भयाे त्यती नै पैसा बढ्दै जान्छ ।।
(हाल नेपालका टप साईटले महिनाकै १ कराेड सम्म कमाउंछन् )
यदि न्युज तिर नगर्नेहाे भने Tourism, Hospitality, Tech, Foods, Travel, Music, Educational अादि मध्य एउटा वषयमा लेख्दा हुन्छ। यसरी यी विषयमा लेख्दा मानिसहरुले खाेज्ने keyword ध्यान दिएर title राख्नु पर्छ ।
अाफ्नाे वेवसाईट बनाईयाे भने गुगल adsence मा चाडाे approve हुन्छ र यदि साईट बनाउन सकिदैन भने Blogger  मा लेख्दा पनि हुन्छ । नेपालका blogs approve हुन टाईम लाग्छ तर approve हुन्छ । यदि कम्सेकम २०० article लेख्ने हाे भने दिनकाे  1-2$ अाफै अाउन थाल्छ । तर सुरुमा हरेस खानु हुदैन ३-६ महिना विना पैसा काम गर्नु पर्छ ।।

२) Youtube

युटुवबाट हाल नेपालमा धेरै पैसा कमाउन थालिएकाे छ । यसमा सबैभन्दा बढि मार्केट Films, Entertainment, Interviews अादिले लिईरहेका छन् । यस्तै travel र vlogging बाट पनि पैसा कमाउने धेरै छन् ।
यसमा पनि एउटा topic छानेर काम गर्न थालियाे भने सफल हाेईन्छ ।। धेरैकाे कमजाेरी के हुन्छ भने ५-१० वट भिडियाे हाल्नु हुन्छ अनि पैसा अाएन भनेर छाेड्नु हुन्छ।
Youtube मा पैसा कमाउने एउटा विधि छ । अहिले त झन ४००० घण्टा watch time पुग्नु पर्छ, जुन एउटा नयां channel लाई धेरै कठिन कुरा हाे ।
तर कुरा के भने गर्दै जादा एउटा न एउटा भिडियाे भाईरल हुन्छ हुन्छ । यसकाेलागी दुई वटा टिप्स् :
-Thumnail राम्राे र clickable बनाउने
-current affiars र news हरु हाल्ने (चाहे च्यानल  tech नै किन नहाेस् )
यदि १०० वटा भिडियाे बनाईयाे भने दिनकाे १-२ $ केही नगरे नि अाईराख्छ । र नयां भिडियाे हाल्दा याे १०-२०$ सम्म पुग्नेछ।

कति views काे कति पैसा अाउछ ??
- वास्तवमा views र subscriber ले पैसा अाउने हाेईन, तपाईकाे भिडियाेमा कति पटक Ads देखाईयाे त्यस अनुसार पैसा अाउछ ।। साधारण तय नेपालमा ५०,००० views ko १०-२०$ अाउंछ ।।

 ३ ) अरु websites
यसमा पर्छन्.. fiverr.com, microworkers.com, adwatching  sites, reviewing अादि। यी माध्यमबाट पनि पैसा कमाउन सकिन्छ । तर यी बाट पैसा कमाउन निकै खट्नु पर्ने हुन्छ ।। साथै पैसा निकाल्न मिल्छ मिल्दैन पनि अत्ताे पत्ताे हुदैन ।। तर निरन्तर गर्नेहाे भने काम बढ्दै गएपछि अाफुलाई कामहरु अाउन थाल्छ। यि साईटमा काम गर्न एउटा न एउटा खुवि चै हुनु पर्छ जस्तै Article Writing, Logo Design, Writing report and research अादि ।।


अब अनलाईन पैसा कमाउने भ्रमहरु दुर गराैं

१) Online पैसा कमाउने भए Inbox
यस्ता जति पनि पाेस्ट हुन्छन् ति category ३ का हुन् ।  Inbox गरेपछि mail id माग्छन् र उनिहरुले काम गरिरहेकाे website काे लिङ्क दिन्छन् र signup गर्न लगाउंछन् ( signup गरेपछि भुत्राे नि सिकाउदैनन् )। त्यसलाइ referal भनिन्छ । यसबापत उनिहरुले certain cents पाउछन् । जति पनि यस्ता पाेस्टहरु छन्, मजाले ignore गरेहुन्छ जब सम्म त्याहां कुनै idea छैन या कुनै proof !!

२) Training for online jobs
यस्ता धेरै agency हरु छन काठ्माण्डाैंमा ।। ति मध्य ८० % ठग हुन, अझ माहाठग भन्दा नि हुन्छ ।
यिनिहरुले सिकाउने भनेकाे Blogging र त्यही ३ नम्बरका कुराहरु हुन् । Training गरेकाे 3000-5000 लिन्छन् ।
मैले ठग किन भने भन्दा, यदि अाम्दानी हुदाे हाे त... मान्छे बाेलाएर पैसा किन लिनुपर्याे ?? त्यही कमाएकाे पैसाबाट काटेर लिदा भैगाे त ?? र यिनिहरु अफै त training भनेर उठाएकाे पैसाले पेट भर्छन् र भाडा तिर्छन .. तपाईलाई २०००० कमाउने कसरी बनाउलान् ??

र अन्तमा पैसै कमाउने भनेर लागियाे भने भन्न सकिन्न । त्यसैले मेराे सल्लाहा के भने तपाई अाफु एक पटक साेच्नुस् । तपाईकाे खुवि के हाे ?? तपाईकाे रुचि के छ ?? भित्रै बाट तपाई केही न केही कुरामा अव्वल हुनुहुन्छ हुन्छ ।।
त्यी कुरामा मेहनत गर्नुस् । Article लेख्नुस्, भिडियाे बनाउनुस् ... ढिलाे चांडाे सफल हाेईन्छ हा्ईन्छ र पैसा पनि मनग्य कमाइन्छ ।। 

No comments:

Post a Comment