हाे म कामी हुं, कामकाे धनि कामी !!

कमिनी !! <3 nbsp="" p="">
म १० कक्षामा फेल भए पछि घरमा काम धन्दा गर भनेर कराउन थाले । त्यती वेला, दाप्चा सबै ठाउंकाे केन्द्रविन्दु थियाे । एक दुई ठाउंमा कामकालागी भने तर कहिं पनि पाईन । यता उति भाैतारी थिए, गाउंका मुखिया भनिने ठूलाबाले मलाई उनका छाेराकाे विहेकालागी सामान जाेरजाम गर्ने जिम्मा दिए । त्यतीबेला क्याटरिङ भन्नेकुरा हुदैनथ्याे । भएका कुराहरु भिन्न भिन्न घरबाट जुटाउनु पर्थाे र मैले त्यही गरें । पाल, अा्छ्याउने, भांडाकुडा, खानेकुरा, भाेज.. सबै मैले नै व्यवस्था गरें । २ बर्ष यसरी नै वित्याे ।
यस्तै काम गर्दा गर्दै पल्ला गाउंकि साईलि दिदिकाे विवाहामा पहिलाे पटक मैले उनलाई देखें । कुरा गर्दै जांदा साईलि दिदिकि बहिनिकि मितिनि रैछिन् । एक अडाई महिना मितिनि कै घरमा बस्ने गरि अाएकि रैछिन् । हामी सधैं जसाे भट्ने गर्थयाैं । थाहै नपाई हामी विच शारिरिक सम्बन्ध पनि भयाे ।
घरमा मेराे विवाहाकाे कुरा चलाउंदै थिए । काेशिपारीबाट कुरा अाएकाे र छिट्ठै गर्नु पर्ने भन्नेकुरा घरमा चलेकाे थाहा पाए । मैले यसाे भन्दै गर्दा उनि रुन पाे थालिन् ।
तपाई विना त म बांच्न सक्दिन । मलाई विहे गर्नुस् ।
काली !! याे समाजले हामीलाई स्विकारदैन ।
के भाे त । तपाईले त स्विकार्नु हुन्छ नि ।