Friday, June 29, 2018

Online Shopping को कहानी

Online Shopping को कहानी

विहान ७ बजेकाे थियाे ।। अाधा निन्द्रा मै थिए । कल अायाे..
हेल्लाे !!
हेल्लाे.. सुन्नुन त्याे हिजाे भर्खर हालेकाे O789E काेडकाे प्राईस कति हाे ?
हममम.. (निन्द्रा मै) .. तपाईकाे नम्बर, नाम र लाेकेसन म्यासेजमा छाेड्दिनुस् न है ।। म रिप्लाई गराैंला ।।
हस ।।

उठेर इन्सटा पेज हेर्दा, १२ हजार फलाेअर पुगेकाे रहेछ । पांच वटा म्यासेज पनि अाएकाे रहेछ । सबैलाई रिप्लाई दिए । भर्खर कल गरेकी अनलाईन नै रैछे..रिप्लाई गरी हालिन् ।

२५०० त महंगाे भएन र ??
हाेईन, व्रान्डेड कपडा हाे त्यती त पर्छ ।
अलि अलि डिस्काउण्ट त हाेला नि ?
हुन्छ नि त !! २३०० सम्म गर्दिन्छु ।
हस । कहिले सम्म ल्याईदिनु हुन्छ ?
भाेली वेल्का ।।
हस ।।



(भाेेलीपल्ट..)
हेल्लाे ।। कपडा ल्याइदेकाे थिए । चाेक मा अाउनुस् न !!
हस् ।

ए अाम्मा हाे !! कति राम्री ??
अहिले सम्म ५०० भन्दा बढि केटिहरुलाई कपडा डेलिभर गरि सकें तर त्यती राम्री त पहिलाे पटक देखें ।

बाईकमै बसेर ।। लिनुस् ।
साईज त भनेकै छ नि है ??
अम । हजुरले भनेकै हाे ।। मिलेन भने रिट्रन हुन्छ ।
ए हस ।। लिनुस् (पैसा )Thank You !!

घर गएर त्सकाे ईन्स्टा हेरे.. प्राईभेट रहेछ । फलाे गरिन ।
तर भाेली पल्ट त्यही केटिकाे फेसबुकमा प्रन्ड रिक्वेस्ट अायाे । ढङ्गा खाेज्दा देउता मेले जस्ताे पाे भाे ।। किन गरि हाेला भनेर छक्क परे । हुनत बुलेट बाईक देख्या थि..फेसबुकका फाेटाे मा नि थिए। दाई अस्ट्रेलियमा गएसी पाएकाे बुलेट बाईक मै  म डेलिभरी गर्थें ।
म्यासेज भयाे ।। के के भयाे भयाे ।।

एक हप्ता मै.. डेटिङ जान थाल्याैं । हप्ता काे एक दिन जस्ताे भेट हुन्थाे । मिठाे गफ गर्थि । चुम्मा चाट्नी पनि हुन्थाे तर सेक्स नै भने भएन ।

१ वर्ष जस्ताे भयाे हाेला यस्तै..
महिनाकाे २-३ जाेर त कपडा मात्र माग्थी । दिनकाे २०००  जति त फाईदै  हन्थाे.. जाबाे महिनामा ५००० काे लुगा दिन के गाराे थ्याे र । राेजाई ..राेजाई लग्दिन्थे ।
म त विहे गर्ने पाे साेच्दै थिए त ।

सामान डेलीभरी गर्न चाबेल बाट तल झर्दै थिए चपक्क टांसिएर कपाल उडाउदैं अर्काे वुलेट बाईकमा पाे देख्छु । फन्नक्क बाईक फर्काएर एक छिन पिछा गरें र माेबाईल zoom गरेर २-३ वटा फाेटाे लिएं । अलि अलि खङ्खा लागेकाे थियाे तर पुरै विश्वास उडेकाे थिएन ।
हतार हतार डाटा खोलेर फाेटाे पठाएं र लेखें ..
काे हाे र ?? कता डुल्दै ..?

घर गएर हेर्दा त.. फेसबुकमा नि बल्क..ईन्स्टामा नि बल्क.. सबैमा बल्क ।।
हेहे.. एक छिन त हांस उठ्याे । ठिकै छ भनेर..अाफुलाई सम्हांले ।।
एक दुई महिना पछि लाग्थाे..जांठीले जाबु लुगाकै लागी यत्राे नाटक मन्चन गरी त ?? राम्रै कुरा गर्थी त ! त्यसकाे रहस्य मैले चाहेकाे भए बुझ्न सक्थें तर खुट्टा भए जुत्ता कति कति.. केही गर्न चाहीन ।
ठिकै छ.... जिन्दगीकाे एउटा नमिठाे सपना साेचेर यसलाई बिर्साैंला भनेर अाफ्नाे विजनेशलाई नै निरन्तरता दिए ।। अहिले ईन्स्टामा 50k फलाेअर्स छन् ..एउटा अाफ्नै स्टाेर छ । २ जना कामदार छन् राम्रै चलिरा छ..

त्यसैले हेर साथि online विजनेश गर्नु छ भने यस्ता चुंईयाहरु देखी चाही सावधान हुनु जरुरी छ । याे त एउटा उदाहरण मात्र हाे..यस्तै अरु थरी थरीका हुन्छन् ।।
र यस फिल्डमा राम्राेसंग लाग्नु नै छ भने.. कस्टुमरलाई झुक्याउने काम कहिल्यै गर्नु हुन्न । बरु Genuine प्राेडक्ट नै बेच्ने …. त्यही अनुसार पैसा पनि लिने । एक पटक faith भएसी कस्टुमर रेगुलर हुने गर्छन् । बुझिस् नि...
(टाउको हल्डाईदिए )

No comments:

Post a Comment