Tuesday, June 19, 2018

आखिर किन ?

आखिर किन छाेरा बुढि कै फरिया मुनि पस्छन् ?

नमस्कार सर ।
नमस्कार !!
भुकम्पकाे घर बनाउने यही..
हाे हाे ।। बस्नुस् ।
कस्ताे घर बनाउनु हुन्छ ?
कस्ताे हुनु बाबु त्यही सरकारले देकाे पैसाले बनाउन सकिने ।
ए ए । अनि के ढुङ्गा माटाे काे बनाउनु हुन्छ कि ईट्टा सिम्न्टकाे ?
ढुङ्गा छैन बाबु ईट्टा सिमेन्टकै बनाउने हाे ।
खाेई कागजात लेराउनु भाकाे छ त ?
खाेई सबै यस्मा छ.. हेर्नु त । मलाई त केही थाहा छैन बाबु..नक्सा बनाईदिनु पर्याे ।
...
..

(सबै डकुमेन्ट हेरेर नक्सा बनाउदै गर्दा )
अनि बा तपाईकाे काेहि छैनन् । टाढा बाट अाउनु भएछ त ?
काे हुनु बाबु काेही छैन ।
छाेराहरु छैनन् ।
छैन बाबु छैन् । (अलि अक्मकाउदै)
छाेरा छैनन् ?? एक्लै हाे तपाई ?
छाेरा त छ नि । जांड खाएर का लडिरा हाेला । के अाउथ्याे त्याे !!
अनि तपाई एक्लै बस्नु हुन्छ ?
एक्लै हाे बाबु एक्लै ।
भिन्न भै सक्या हाे ?
हाेईन बाबु.. म अाफै छु्टया ।
हाेर.. किन त बा ?
पढ्या बुहारी विहे गरेर बाबु । छाेरा बुढि कै फरिया मुनि पस्छ। उल्ले जे भन्याे त्यही गर्छ ।  मलाई ३ दिनकाे बासि भात दि बुहारीले । त्यस दिन देखी म छुट्टै बस्न थालेकाे । ८ बर्ष भाे बाबु ।
(त्यस पछि खासै कुरा बडाउन मन भएन, चुप लांगे )
अाज रात भर सुत्या छैन बाबु.. बुहारी बाैलाएर बस्नु छैन् । घरी घरकाे सिसा फुटाउछे । घरी के भन्छे.. घरि खुकुरी लेर हिड्छे । छाेराे भनाैंदाे जहिल्यै जांड खाएर अाउंछ । नाति भर्खरकाे छ बाबु.. नातिलाई मार्ली भन्नि पाे डर छ त।

ए हे ।। हाे र बा । के भाकाे र तपाईकाे बुहारीलाई ?
खाेही बाबु.. पहिला नि एक पटक यस्तै भाकाे थ्याे ।। फेरी यस्तै गर्न थाली..
(अब बढि कुरा गर्न चाहीन )

अनि बा याे घर बनाउन कस्ले सहयाेग गर्छ त ?
कर्मी छन् बाबु.. तिन्ले गर्छन् ।
अनि सामान नि किन्दिन्छन् त?
किन्छन् किन्छन्.. त्यही ३ लाखले बनाउने हाे बाबु.. त्याे भन्दा त एक पैसा छैन् ।
३ लाखमा त बन्दैन नि त बा ?
बन्ला.. बनाउनु पर्छ नि बाबु.. नत्र डि पि सि गरेर छाेड्छु...

हुन्छ हुन्छ ।। ल याे लेर जानु नगरपालिका है त । केही समस्या भाे भने फाेन गर्नु है ।
ल बाबु नमस्कार ।

याे कथा म अाफैले अनुभुति गर्दै गर्दा साेचें.. किन हाेला अाफ्नाे एक्लाे बाउ/अामालाई पनि पाल्न सक्दैनन् छाेरा भनाउदाहरुले ?? किन पस्छन् बुढिकाे फरिया मुनि.. किन फस्छन् बुढिकाे जालमा ?? किन ?
अनि पढेका भनिने छाेरी भनाउदिहरु..किन विगार्छाै अर्काकाे घर ?? बिहे गरेर त्यही घरमा अाउनु छ , त्यही बाकाे सम्पती खानु छ । अनि त्यही बालाई घरबाट निकाल्न किन खाेज्छै तिमीहरु ??
जति पनि छाेरा..याे पढ्दै हुनुहुन्छ (विवाहीत या अविवाहीत).. तिम्री स्रिमतिले यसाे गर्ने प्रयास मात्र गरे.. जांठीलाई गालै गालामा दिनु । बरु त्यसलाई घरबाट निकाल्नु, बा-अामालाई साथ दिनु ।
अनि जति पनि छाेरी याे पढ्दै हुनुहुन्छ.. मेराे विनम्र अनुराेध ।। अर्काकाे घर नभांड्नुस् । सबैलाई माया गर्नुस्... !! किति नै खालान् र ... कति नै खर्च हाेला र.. सकिन्जेल त काम गरि हाले नि.. केही बर्ष पाल्न के गाराे हुन्छ ?? यदि तिम्रा अामा बाउलाई..तिम्राे भाई बुहारीले.. त्यसाे गरे तिमीलाई कस्ताे लाग्ला ?
Plz !! Spread love to the senior citizens. They have given their life to grow you.. Alwz remember that. And also rememeber YOU WILL ALSO GROW OLD !!
( Thanks for support. I will keep writing and connecting true stories !! )

No comments:

Post a Comment