Thursday, July 19, 2018

मैले सुन फलाएं !!

एक लातले वनायाे लखपति

२०७० सालमा पहिलाे पटक SLC सकाएर काठ्माण्डाैं अाउदा अच्म्म लागेकाे थियाे । कति धेरै मानिस..कति धेरै घर अनि कति धेरै गाडि। काभ्रेकाे दाप्चा यति नजिकै हुंदा पनि काठ्माण्डाै अाउन कहिल्यै जुरेन । कालाेपुलमा काेठा भाडा लिएर पशुपति क्याम्पसमा प्लस टु पढें । पल्स टु पढन्जेल खासै खर्च हुदैन थ्याे, घरबाटै पैसा लेराउने गर्थे । पढाई सकेर घर जांदा अब एउटा काम खाेज भनेर भन्न थाले । 



काठ्माण्डाै अाएर काम त खाेजे तर कसरी पाउने काम ? भएका एक दुई जना काका बा हरुलाई पनि गुहारे तर काम मिलाउने सक्नुभएन । त्यस ताका भरखर भरखर चर्चामा थियाे काेरीया..भाषा पढ्नेहरुकाे लहर लागेकाे थियाे । फिस कति रैछ भनेर बुझ्दा ७००० रहेछ.. दुई जना सथिहरुसंग मागेर पढें। मलाइ त्याे पढ्न त्यति गाराे नै भएन । नाम पनि निक्ल्याे र म काेरिया जान रेडि भए । घरमा मैले केही भनेकाे थिईन.. पहिला त कराउनु भयाे तर मैले सम्झाए पछि खासै समस्या भएन ।

काेरीया गैयाे । एरपाेर्टबाट झरेसि त ..अाेहाे पहिलाे पटक काठ्माण्डाै अाएकाे भन्दा चाैगुना मनाेरम लाग्याे । यस्तै ठाउंमा काम गर्ने हाेला भन्ने पाे साेच्दै थिए तर के काे हुन्थयाे... गाडिमा लग्दै थ्याे लग्दै थ्याे.. मैले त डांडा कांडाहरु पाे देख्न थाले..दाप्चाकाे पाे याद अायाे.. अझ संखुकाे फांट जस्ताे थ्याे । खेतै खेत । अनि खेतभरी गाेलभेडा..कति फलेका । यसरी गाेलभेडा फलेकाे मैले कहिल्यै देख्या थिईन । मलाई या किन ल्याकाे हाेला भन्ने साेचि रा थे..म संगै अरु ५ जना साथिहरु पनि थिए । एउटा कटेज टाईपकाे घरमा लगेर छाेड्याे र हामीलाई काम भनियाे । हाम्राे काम गाेलभेडा टिप्ने र लाेड गर्ने  रहेछ । काम त सजिलै रहेछ जस्ताे लाग्याे । तर के सजिलाे हन्थ्याे.. यताबाट टिप्दै गयाे.. पारी पुगेर अाउंदा यता पाकि सक्थयाे । विहान देखी वेल्का सम्म गर्नु पर्थाे र कहिले कांहि त राति पनि ।

एक वर्ष यसै गरि वित्याे । सिजन अनुसार तरकारी टिपियाे..खाईयाे..बसियाे । कमाई राम्रै थियाे..खाई वरी ७०००० घर पठाउथे । तर एक दिनकाे कुराे..
हल्का जराे पनि अाईरहेकाे थियाे । गाेलभेडा लाेड गर्दै थिए । दुई क्रेट त गाडिमा हांले तर तेस्राे हाल्न खाेज्दा सकिन र बाटाेमै घाेप्ट्याे । सुपरभाईजर नजिकै थ्याे.. यसरी लात हान्याे कि कुरै नगराैं । म बुङरुङै लडे । मुख..राताे पिराे भयाे । साथिहरु पनि एक छिन त माैन बसे । हुनत यस्ताे हुन्छ भनेर साथिहरुले भन्थे तर अाफैलाई पर्दा मनै खिन्न भयाे । साला यसरी यी मुजीहरुकाे लात खाएर बसिन्न भन्ने साेच अाईसकेकाे थियाे..

एक वर्षमा विदा पाईयाे..र नेपाल अांए । दुई तिन ठाउं गए पछि अठाेट गरे अव काेरीया गईन्न । जे गर्छु यतै गर्छु भनेर परामर्श लिन थाले । त्याहा बस्दा सिकेकाे दुईटा कुरा ..
एक: ठाउं अनुसार खेती गर्ने र  
अर्काे: गरेकाे खेती जति सकिन्छ बढि फलाउने । 
यहि कुरा बुझ्न जिल्ला कृषी विभागमा गएं..माेबाईल याप्स "smart  Krishi" भन्ने बाट पनि जानकारी लिए । र मैले सुरुमा तिन वटा कुरा सुरु गरें..१) अालु २) किवि ३) फुलहरु !! ६ महिना मजाले लगानी भाे..करिब ५-६ लाख ।। तर एक वर्ष पुगी सक्दा १० लाख टाेटल अाम्दानी भएछ। त्यती वेला थाहा पाए कि याहं गरे के हुन्न ??
२०७५ साल काे सुरुवातमा म संग नेट १० लाख थियाे..र मेराे अवकाे लक्ष्य यस्ताे छ..
५ वटा भैसी ल्याईसकेकाे छु..अर्काे ५ वटा छ महिना पछि..
संखुबाट २०० वटा सुन्तालाका विरुवा लगाएकाे छु..वांजाे वारी भाडामा लिएर। १५० वाेट अवश्य उम्रन्छन् ।
५ वर्षे लाेनमा एउटा गाडि (ट्रयाक्स) अव १ महिना भित्र लिंदै छु....३-४ जनालाई काममा राख्ने साेच छ ।।
मैले याे सब यस कारण साेच्दै छु कि..मलाई थाहा छ ..याे संम्भव छ र म गर्न सक्छु । मान्छे गर्न अांटछन् तर बुझेर गर्दैनन् । बुझेर गर्ने हाे भने याे माटाेमा सुन फल्छ ।
तपाईहरु पनि त्यही बाटाेमा लागनुस्.. उदाहरण बन्नुस् ।
सुभकामना ।। 

No comments:

Post a Comment