Tuesday, July 31, 2018

NETWORK ARCH BRIDGE IN KATHMANDU

गाडि माथिबाट जाने हाे ?


गाडि माथिबाट जाने रेछ है ?
ए हाेईन । तल बाट नै हाे । (माईक्राेकाे अग्गीलाे सिटमा बसेका थियाैं । ) उ.. त्या हेर्नुस् त.. स्याल्व ढलान भईसक्याे ।
ए तलै बाट पाे हाे । अनि त्याे माथि के बनाईरहेकाे हाे त ?
त्याे चाही गाडिकाे लाेडहरु थाम्ने बनाउन लागेकाे । याे नयां तरिकाकाे पुल हाे । नेपाल मै पहिलाे पटक बन्न लागेकाे ।
गाडिकाे लाेड त विचमा भएकाे खम्वाले धानी हाल्छनी.. हाेईन र ?
हाे त्याे खम्वा चाही याे पुलमा हुदैन । त्यही भएर यस्ताे बनाउन लागेकाे । त्याे गाेलाे अाकारकाे छ नि ..त्यसलाई ARCH विम भनिन्छ ।
अनि त्यत्राे डण्डिहरु हाल्नु पर्छ र ?
परि हाल्छ नि.. पुलमा त साना देखी ठूला मालवाहाक ट्रक सम्म चल्छन्  । त्याे सबैकाे लाेड थाम्नु पर्छ नि त । अनि फेरी याे त पचासाैं वर्षसम्म टिकाउनु पर्छ । भुईचालाे पनि थाम्नु पर्याे। डिजाइन अनुसार हुन्छ सबै ।
त्यसाे भए यस्ताे अरु ठाउंमा नि बन्ला नि त ?
हाे हाे । त्यस्कै अर्काे साईडमा नि यस्तै बन्छ । अनि अर्काे एक ठाउमा नि बन्छ । तिनकुने हाेला साायद । जम्मा चार वटा यस्ताे पुल बन्न लागेकाे छ । याे बनेपछि अरु वनाउन त्यति टाइम लाग्दैन ।
ए ए ।। वावुलाई सबै थाहा रे छ त ?
हेहे.. म ईन्जीनियर हुं दाई ।।
...
..

No comments:

Post a Comment