Wednesday, July 20, 2016

पुनर्निर्माण कहाँ पुग्यो सरकार ??


न त सरकारलाई चासो छ 
न त आम जनतालाई चासो छ
 न त पत्रकारलाई चासो छ
 न संघ सस्थालाई चासो छ
हामी सब गुमनाम छौ
यो बर्सामा भिजेर रात काट्ने हरुलाई थाहा छ
दुख अनि  पिडा को अर्थ
हे, देश बनाऊछु भन्ने हरु हो
जाऊ ति भत्किएका समाजमा जाऊ
जाऊ ति पालका महलहरुमा जाऊ
जाऊ ति टुक्रिएका मनमा जाऊ
अनि बुज देशको हालत
देशको समस्या , देशको परिभेश।

भिन्न छ बिलकुल भिन्न
तिमीले सोचेको र बुजेको भन्दा भिन्न
थाकेको छ , आशामा छ
केहि पर्खिरहेको छ
अब धेरै पर्खने हिम्मत छैन
जाऊ अनि त्यो प्यास मेटाउ
अनि एउटा बाटो देखाइदेउ
गास,बास र कपासको बाटो
अनि तिमीलाई पुज्ने छन् भगवान सरि
नाच्ने छन् , गाउने छन् तिम्रो महिमा
जाऊ अब ढिला नगर 
जाऊ !!!


No comments:

Post a Comment