Thursday, July 16, 2015

साउन १ : लुतो फाल्ने दिन

लुतो फाल्ने दिन को सम्झन


आज साउन १ गते आर्थत लुतो फाल्ने दिन।  धेरै लाई आजको दिन को बिसेस्त थाहा छैन होला तर प्राय गाउ घरमा हुर्केका हरुलाई यसको रमाइलो पन को झझल्को आइरहेको हुनुपर्छ । यस्तै मा मैले पनि केही लेख्ने जमर्को गरे।  मेरा बाल्यकालका केहि पलहरु सम्झने प्रयेत्न गरे ।  रमाइलो त्यो दिनको बाख्या गर्ने प्रयास गरे।

बिहानको सुरुवात संगै बेलुका के  गर्ने, के के कुरा जुटाउने अनि कहाँ  गएर खोज्ने जस्ता कुराहरु को प्लान बन्न सुरु हुन्थ्यो।  नजिकै भएकै कुरा हरु को जोरजाम छिटो नै हुन्थ्यो। त्यस पछि खाना खाएर ,एउटा बोरा बोकेर घर बाट निक्ले पछि बेलुका मात्रै घर पुगिन्थ्यो।  धेरै कुरा हरु खोजिन्थ्यो, मैले त नाम पनि पो बिर्सेछु। तर एउटा THE MOST IMPORTANT चिज भनेको चै "कुरिलॊ" हो जुन आतिनै कम पाइन्छ र साएद आजभोली त पाइदैन पनि होला । र आर्को कुरा भनेको चै "भेट्नु सहित को बिमिरो " हो।  यी २ कुरा भएसी लुतो फालिन्थ्यो।  तर बच्चै त हो जसको बढी समान तेइ राजा।  सारा घुमेर खोजिन्थ्यो अरु थप कुराहरु। साउन को महिना पानी पनि परेकै हुन्थियो , पानीमा भिजेरै भएनी डाडा-पाखा , खोल्सा-खोल्सी हिडेको झझल्को अहिले पनि आउछ।




अब  ४ -५ बजे तिर घर आइपुगीन्थ्यो। सबै भन्दा ठुलो काम त त्यस पछि  सुरु गरिन्थियो।  त्यो के भने "घर बनाउने काम"। निगालो को चार तिर बाट rectangular घर बनाउने साएद पहिले देखि कै नियम  होला।  घर बनिसके पछि अब  त्यसलाई  सजाउने कम सुरु हुन्थ्यो।  पहिले त्यसको  तल चट्ट गाइको  गोबर ले पोत्न अनि त्या बिमिरो, चार पट्टि  केरा को खम्बा, ऊखु , ऒखर,नासपाती, आरु  लगाएत अरु फलफुल हरु राखिन्थियो। त्यसपछि  घर माथि राख्नु पर्ने आरु समान हरु ले घर सजाउने काम  हुन्थियो जस्तै कुरिल्लो, धसिंगरे, उनिउ, भलायो, पानीसरो अनि प्रसस्तै साना दाउराहरू आदि । यती गर्दा गर्दै झमक्क रात पर्थ्यो अनि दियो मा बती बालेर पुजा गरे पछि लुतो फाल्ने काम को आरम्भ हुन्थियो।


पहिले नाङ्ग्लो वा थाल ठटाउने अनि लुत्तो आयो भन्दै कराउने। त्यस पछि कुरिल्लो सल्काउने अनी दाउरहरु सल्केपछी ल है लुत्त्तो आयो भन्दै १-१ गर्दै दाउराहरु फाल्ने.....

ए खड्का गाउ , कडेल गाउ , भण्डारी गाउ , गोदार गाउ लुत्त्तो लिन आओ है ............(and vice versa)
भन्दै कराउने..... नाङ्ग्लो अनि थाल ठोक्ने ..... ....
सबै एकै पटक कराउद धेरै रमाइलो हुन्थियो...
र  समापन !!!
अनि मिठो रात्री भोजन संगै मिठो निन्द्रा......
साएद ति दिनहरु प्लान गरेरपनि अब फ़र्काउन सकिदैन होला .....
मिठो सम्झना साउन १ गते , लुतो फाल्ने दिन !!!!!




1 comment:

  1. सहि, मलाई त खासै सम्झना छैन तर फर्केर नआइज भनेर छाना माथि फालेको चैं रमाइलो लाग्थ्यो

    ReplyDelete