Tuesday, March 31, 2020

भ्रमण वर्ष २०२० स्थकित कविता

बिस लाख पर्यटक भित्र्याउने लक्ष्य थियो
भाकालाई नि प्लेन चार्टर गरेर भाग्ने बनायौ।

जिन्दगीकै नविनतम अनुभब लिनु थियो
घर भित्रै कोचिएर बस्न बाध्य बनायौ।

संस्कृति संगै नाच्नु, गाउनु अनि रम्नु थियो
मन्दिर सम्म जान डर लाग्ने बनायौ।

गोक्योमा Ice Hockey र Skating खेल्नु थियो
Mobile र Remote कै साहारामा बाच्न बाध्य बनायौ।

हिमाल-पहाड, मनाङ्ग-मुस्तांङ,खोला-नाला देखाउनु थियो
रित्तो भाँडोमा बिर्को लगाएसरि देशनै  LOCKDOWN  गरायौ।

कोरोना तिमीले यो के गर्यौ ?
हाम्रो सपना, हाम्रो अविछिन्न प्रयास
'भ्रमण वर्ष २०२०' लाई सुरु हुन नपाई बिदा गरायौ ।।

No comments:

Post a Comment